लुम्बिनी  प्रदेश योजना आयोग (गठन तथा कार्य सञ्चालन) आदेश, २०८० बमोजिम मुख्यमन्त्रीको अध्यक्षतामा, प्रदेश सरकारबाट  नियुक्त १  (एक) जना उपाध्यक्ष र कम्तीमा १ (एक) जना महिला सहित बढीमा ३ (तीन) जना सदस्य,  लुम्बिनी प्रदेश सरकारका प्रमुख सचिव सदस्य, आर्थिक मामिला हेर्ने मन्त्रालयका सचिव सदस्य र अध्यक्ष्यले तोकेको मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका सचिव सदस्य सचिव रहने  व्यवस्था छ ।